यी हुन् हाल कोरोना संक्रमित नभएका ६ जिल्ला « Khabarhub

यी हुन् हाल कोरोना संक्रमित नभएका ६ जिल्ला


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

उनले त्यहाँ भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित नभएको जानकारी दिएका हुन् ।

जसमा प्रदेश नम्बर १ मा १, गण्डकी प्रदेशमा २, र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् ।

यी हुन् संक्रमण मुक्त ६ जिल्ला

तप्लेजुङ
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणका क्रममा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : २३ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत