कपिल शर्मा शोमा किन गएनन् भीष्म पितामह अर्थात मुकेश खन्ना « Khabarhub

कपिल शर्मा शोमा किन गएनन् भीष्म पितामह अर्थात मुकेश खन्ना


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको चर्चित कमेडी शो, द कपिल शर्मा शो लोकप्रिय मानिन्छ । यसलाई फ्यानमात्र होइन स्टारले समेत मन पराउछन् । तर एक यस्ता ब्यक्ति छन् जसले कपिल शर्मा शोलाई मन पराउदैनन् ।

बलिउड फिल्म तथा टेलिभिजन अभिनेता मुकेश खन्ना जो शक्तिमान, महाभारत लगायतका टिभि शो मार्फत दर्शकको घरघर पुग्दथे उनैलाई कपिल शर्मा शो मन पर्दैन । केहि समय अघि कपिलले आफ्नो शोमा महाभारतको पुरै स्टारकाष्टलाई आमन्त्रण गरेका थिए तर मुकेश भने शोमा देखा परेनन् ।

महाभारतमा भीष्म पितामहको भुमिकाबाट दर्शकमाझ लोकप्रिय मुकेश खन्ना कपिल शर्माको निमन्त्रणा पाएर पनि गएनन् । यसबारे मुकेशलाई धेरैले प्रश्न गरेका छन् । जसको जवाफमा उनले मुख खोलेका छन् । उनले आफुलाई कपिलको शो फिटिक्कै मन नपर्ने भन्दै यस्तो कार्यक्रममा आफु हिस्सेदार बन्न नचाहेकाले नगएको बताएका छन् ।

मुकेशका अनुसार एडल्ट शब्दको प्रयोग गर्ने, भद्या मजाक, पुरुषले महिलाको पहिरन लगाएर महिलाको बेज्जती गर्ने, अश्लिलतायुक्त शोमा भाग लिन मन नलागेर नगएका हुन् । उनले भनेका छन्, स्टेजको बिचमा एक मानिसलाई हास्नका लागी राखिएको छ । यसका लागी उसलाई पैसा दिइन्छ । अब यस्तो जबरजस्तीको हास्ने शोमा म किन जाऊ ?

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : ०० बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र