हमालसँग फिल्ममा काम गर्ने वर्षाको चाहना « Khabarhub

हमालसँग फिल्ममा काम गर्ने वर्षाको चाहना


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार राजेश हमालले फिल्म बनाउने चर्चा लामो समयदेखि चल्दै आएको छ । हमालले केही समयअघि मात्र आफूले फिल्म निर्माणको तयारी थालेको बताएका थिए ।

फिल्म क्षेत्रमा उनले बनाउने फिल्मको चर्चा चलेको छ । तयारी भइरहेको यो फिल्ममा हमालको निर्देशन समेत रहनेछ । साथै शीर्ष कलाकारमा पनि उनी स्वयम् हुनेछन् ।

हमालका फ्यानमा उनको फिल्म कस्तो हुनेछ भन्नेमा चासो छ । फिल्मी जगतमा पनि उनले फिल्म बनाउने चर्चा छ ।

हालै हमालले एक लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा हमालसँगै प्रकाश सपूत, वर्षा शिवाकोटी लगायतलाई पनि देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा हमालसँग स्किृन शेयर गरेकी वर्षाले फिल्ममा पनि हमालसँग काम गर्न चाहेको बताएकी छिन् ।

उनले पत्रकारसँगको कुराकानीमा आफू हमालको फ्यान भएको र आफूले पहिलोपटक ४ वर्षको उमेर हुँदा हमाललाई देखेको बताइन् ।

‘मैले उहाँलाई पहिलोपटक ४ वर्षको उमेरमा भेटेकी थिएँ, उहाँले मसँग हात पनि मिलाउनुभएको थियो, मैले पहिलोपटक प्रत्यक्ष देखेको स्टार पनि उहाँ हो,’ उनले भनिन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : ४७ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा