खेलाडीमा कोरोना संक्रमण देखिए अभ्यास नगर्नू – डा सरोज कृष्ण श्रेष्ठ | Khabarhub Khabarhub

खेलाडीमा कोरोना संक्रमण देखिए अभ्यास नगर्नू – डा सरोज कृष्ण श्रेष्ठ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाक्टर सरोज कृष्ण श्रेष्ठले यदि कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भए त्यो समय अवधिमा अभ्यास नगर्न सुझाव दिएका छन् ।

बिहीबार एलिट क्लब विराटनगरले आयोजना गरेको जुम भेलामा बोल्दै डाक्टर श्रेष्ठले यस्तो बताएका हुन् ।

डाक्टर श्रेष्ठले खेलाडीलाई कोरोना देखि कम्तिमा पनि १४ दिनको आइसोलेसन समयमा आराम गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसले फोक्सो र मुटुमा असर गर्ने भएकाले जतिसक्दो सुरक्षित रहनुपर्ने उनको सुझाव छ ।

सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै कुनै खेलाडीलाई लागिहालेमा अभ्यास नगरी आराम गर्नु पर्ने डा श्रेष्ठ बताउँछन् ।

‘खेलाडीलाई कोरोनाको संक्रमण देखिए घरमा अभ्यास गर्न मिल्दैन । इमयुनिटीपावर बढाउने भन्दै अभ्यास गरे त्यसले पछिका लागि समस्या गर्ने अध्ययनले देखाएको छ,’ डाक्टर श्रेष्ठले भने ।

यस्तै, डाक्टर श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मेडिकल एन्ड साइन्टीफीक कमिटी गठन गरेर यस कठिन परिस्थितिमा जुध्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ५ : ०५ बजे

कर्णालीका ५७४ टुक्रे योजना अलपत्र

सुर्खेत– चालू आर्थिक वर्षमा बजेट थपेर कार्यान्वन गर्ने भनिएको ५७४

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अजीजको इजलासमा

काठमाडौं- गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

गलकोट– कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने

आजदेखि कैलालीका सीमानाका बन्द

अत्तरिया– भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी