साहित्यतर्फकाे नाेबेल पुरस्कार लुइस ग्लुकलाई « Khabarhub

साहित्यतर्फकाे नाेबेल पुरस्कार लुइस ग्लुकलाई


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई प्रदान गरिने भएको छ ।

द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी लुइस ग्लुकले यस पुलित्जर पुरस्कार र नेशनल ह्युम्यानिटिज अवार्ड लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्र नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ । अब शान्तिशास्त्र र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४