धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार झापाको दमक – १ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान ३:२० बजे र सुनसरीको धरान-८ का ४६ वर्षीय पुरुषको बुधबार २:४५ बजे मृत्यु भएको हो ।

असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

धरानका ४६ वर्षीय पुरुषमा भने मंगलबार संक्रमण पुष्टि भएको थियो । उनी हाइपरटेन्सनका बिरामी थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ८ : २७ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा