साउदीमा गैर कानुनी रुपमा बसेका १ हजार ९४ नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा गैर कानुनी रुपमा बसेका १ हजार ९४ नेपालीले पाए बहिर्गमन भिसा



दोहा- साउदी अरबमा गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीले एक्जिट भिसा (बहिर्गमन भिसा) पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले यो प्रकृयाकाे थालनी भएदेखि हालसम्म १ हजार ९४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिषाका लागि साउदी सरकारलाई गरेको अनुरोध अनुसार नै साउदी सरकारले बहिर्गमन भिसा दिएको जनाएको छ ।

साथै यस्तो भिसाका लागि दूतावासमा झुट्टो विवरण दिएर बहिर्गमन भिषाका लागि निवेदन दिएमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ४७ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना