जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ « Khabarhub

जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ : दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान करिब साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका-९ अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा सुन फेला परेको हो।

कारमा सवार सम्मान कुमार श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड रेफिनरी मेटेर र एसेयर लेखेको ५/५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

साथै श्रेष्ठको साथबाट २ तोला ३.०६ आनाको सुनको सिक्री र नगद ६० हजार बरामद भएको उनले जानकारी दिए। त्यस्तै गाडी चालक घोराही १५ का सुवास श्रेष्ठ र सोही गाडीमा सवार अर्का अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपूर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदीको सिक्री र नगद ११ सय २० र चालक श्रेष्ठको साथबाट नगद १२ हजार २५० बरामद भएको प्रवक्ता खड्काले जानकारी दिए।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ११ : ०४ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना