प्रदेश १ मा एकैदिन ६०० संक्रमितले ‘जिते’ कोरोना  « Khabarhub

प्रदेश १ मा एकैदिन ६०० संक्रमितले ‘जिते’ कोरोना 


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ५५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार