कृषि कानूनको विरोधमा भारतमा आम हड्ताल « Khabarhub

कृषि कानूनको विरोधमा भारतमा आम हड्ताल


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि कानूनको विरोधमा किसानहरूले आज भारतमा आमहड्ताल गरेका छन् ।

कृषि कानूनको विरोधमा १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।

किसान आन्दोलमा  १८ वटा राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । किसान नेता बलवीर सिंह राजोवालका अनुसार साँझसम्म नै बन्द भए पनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।

बन्दमा दूध-सब्जी पनि आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने नरोकिने उनले जनाए ।

केन्द्र सरकारले जारी गरेको कानूनले संयुक्त रूपमा कृषि उत्पादनको विक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाएको छ । जसले कृषि क्षेत्र पूँजीपति या व्यवसायिक घरानालाई सुम्पिने नियत रहेको किसनाहरूको आरोप छ ।  यसले कृषकहरूलाई खुला बजारमा सहज पहुँच उपलब्ध गराउन पनि मुस्किल पार्ने ठानिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ५६ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित