जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी « Khabarhub

जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् ।

चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो ।

रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै पराजय स्वीकारेका छैनन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । अमेरिकामा गएको नोभेम्बर ३ मा चुनाव भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ३० बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो