लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा तीन जना पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकसेवा आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, एसएसपी नवीन्द अर्यालका अनुसार पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ ।

उनीहरुले लोकसेवा आयोगको प्लेटफर्म प्रयोग गरेर विशिष्ट व्यक्ति र कर्पोरेट क्षेत्रका करिब ९ हजारलाई मेसेज पठाएका थिए ।

सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको एसएसपी अर्यालले बताए ।

उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ३० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म