अमेरिकाको रक्षामन्त्री लोयल अस्टिनलाई बनाउने बाइडेनको प्रस्ताव « Khabarhub

अमेरिकाको रक्षामन्त्री लोयल अस्टिनलाई बनाउने बाइडेनको प्रस्ताव


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई रक्षा मन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका उच्च सैन्य अधिकारी हुन् ।

अस्टिन रक्षामन्त्री बनेमा अमेरिकी इतिहासमा अफ्रिकन-अमेरिकन भएर यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुने रोयटर्सले जनाएको छ ।

यस पदका लागि रक्षा विभागकी पूर्वउच्च कर्मचारी रहेकी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदार मानिएको थियो।

अस्टिनको नाम प्रस्तावसँगै उनी सो पदमा आसिन हुने पहिलो अमेरिकी महिला बन्नबाट चुकेकी छन्।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ५७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर