टावरको क्षमताभन्दा सिम बढी वितरण « Khabarhub

टावरको क्षमताभन्दा सिम बढी वितरण


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ ।

मोबाइलमा नेटवर्क देखाए तापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र  कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

स्थानीयवासी राजबहादुर भण्डारीले भने, ‘मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन । सुनिएपनि बुझिँदैन । बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।’

नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ ।

टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए ।

टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाइ छ ।

हुम्लामा टेलिकमको मात्र नभई निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको