कुवेतबाट एक नेपाली महिलाको उद्धार « Khabarhub

कुवेतबाट एक नेपाली महिलाको उद्धार


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत : कुवेतबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती स्पोन्सरद्वारा अलपत्र पारिएको झापाकी कमला तामाङलाई उद्धार गरिएको हो ।

पीडित तामाङलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी झापा सम्मको बसको टिकटको ब्यबस्था गरी झापा पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरी एनआरएनए कुवेतसम्म ल्याउने सम्पुर्ण महानुभावहरुप्रती गैरआवसिय नेपाली संघ कुवेत हार्दिक धन्यवाद समेत ज्ञापन गरेको अध्यक्ष केसीले बताए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको