कुवेतबाट एक नेपाली महिलाको उद्धार « Khabarhub

कुवेतबाट एक नेपाली महिलाको उद्धार


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत : कुवेतबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती स्पोन्सरद्वारा अलपत्र पारिएको झापाकी कमला तामाङलाई उद्धार गरिएको हो ।

पीडित तामाङलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी झापा सम्मको बसको टिकटको ब्यबस्था गरी झापा पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरी एनआरएनए कुवेतसम्म ल्याउने सम्पुर्ण महानुभावहरुप्रती गैरआवसिय नेपाली संघ कुवेत हार्दिक धन्यवाद समेत ज्ञापन गरेको अध्यक्ष केसीले बताए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : २० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा