सर्वदलीय बैठकमा ३ घण्टा छलफल, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान « Khabarhub

सर्वदलीय बैठकमा ३ घण्टा छलफल, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ ।

झण्डै ३ घण्टा बसेको बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : १३ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर