सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाइ ८८४८.८६ मिटर « Khabarhub

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाइ ८८४८.८६ मिटर


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाइ रहेको सगरमाथाको नयाँ उचाइ अब ८ हजार ८४८.८६ मिटर पुगेको छ ।

नेपाल र चीनले मापन गरेको नयाँ एक कार्यक्रमकाबीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाइ नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाइ लागू हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : २० बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल