हालसम्म ५३ कोरोना संक्रमित भेन्टिलेटरमा, ३३२ को आईसीयूमा उपचार हुँदै « Khabarhub

हालसम्म ५३ कोरोना संक्रमित भेन्टिलेटरमा, ३३२ को आईसीयूमा उपचार हुँदै


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३३२ कोरोना संक्रमित आईसीयूमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार सबै भन्दा धेरै बाग्मती ११३ जना आईसीयूमा र ३० को भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै प्रदेश १ मा २९ जना आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ९८ आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयको तथ्यांकमा उल्लेल छ । कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिममा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ४८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं