हालसम्म ५३ कोरोना संक्रमित भेन्टिलेटरमा, ३३२ को आईसीयूमा उपचार हुँदै « Khabarhub

हालसम्म ५३ कोरोना संक्रमित भेन्टिलेटरमा, ३३२ को आईसीयूमा उपचार हुँदै


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३३२ कोरोना संक्रमित आईसीयूमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार सबै भन्दा धेरै बाग्मती ११३ जना आईसीयूमा र ३० को भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै प्रदेश १ मा २९ जना आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ९८ आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयको तथ्यांकमा उल्लेल छ । कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिममा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ४८ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति