बागलुङको बलेवामा प्याराग्लाइडिङ पूर्वाधारको शिलान्यास | Khabarhub Khabarhub

बागलुङको बलेवामा प्याराग्लाइडिङ पूर्वाधारको शिलान्यास


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागलुङको बलेवामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालको हो ।

आज एक कार्यक्रमबीच बागलुङ नगरपालिका–१३ बलेवास्थित प्याराग्लाइडिङ उडान (टेकअफ)गर्ने स्थान पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको शिलान्यास गरे ।

शिलान्यासपछि मन्त्री लम्सालले प्याराग्लाइडिङ पर्यटकको महत्वपूर्ण आधार भएको बताए ।

“गण्डकी प्रदेशसले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ”, मन्त्री लम्सालले भने, “साहसिक पर्यटकको गतिविधि बढ्दै गइरहेको सन्र्दभमा बागलुङको बलेवामा प्याराग्लाइडिङको राम्रो संभावना देखियो ।”

मन्त्री लम्सालले बागलुङ धार्मिक तथा सांकृतिकरुपमा धनी भएको र अब साहसिक पर्यटनसँग जोडिँदै गएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले घोषणा गरेका ११० पर्यटकीय गन्तव्यको पूर्वाधार, निर्माणमा आफू लागेको बताए ।

बागलुङ नगरपालिका–१३ बलेवास्थित प्याराग्लाइडिङ उडान (टेकअफ)गर्ने र सोही वडाको बहरेमा अवतरण (ल्याण्ड) गर्ने गरी दुई पटकसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो ।

हावाको बेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको बलेवा प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए ।

गिरीका अनुसार रु २० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिने छ । उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने बागलुङ नगरपालिका–१३ वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, प्रदेश सांसद कृष्ण थापा, सावित्री राना, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेललगायतले बागलुङको पर्यटन क्षेत्रका लागि आफूहरुले पहल गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : १७ बजे

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे