नीति तथा कार्यक्रममा केन्द्रित भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन « Khabarhub

नीति तथा कार्यक्रममा केन्द्रित भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुने गरी इमानदार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीलाई सचेत गराए ।

“चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन मन्त्रालयअन्र्तगतका सबै निकायलाई आग्रह गर्दछु”, सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक समापन गर्दै उनले भने, “सूचना र प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान जोड दिनुपर्छ ।”

सरकारका प्रवक्ता गुरुङले टालटुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न नसकिने जनाउँदै नागरिकप्रति जवाफदेही हुने गरी कार्यसम्पादन गर्न कर्मचारीले इमानदारीका साथ काम गर्नुपर्ने औंँल्याए ।

कार्यविधि, नियमावली र निर्देशिका विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने स्पष्ट पार्दै मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेम चेञ्जर प्रोग्राम छनोटको काममा ढिलाइ गर्न नहुने स्मरण गराए ।

आमसञ्चार, दूूरसञ्चार र सूचनाप्रविधिका क्षेत्रमा गेम चेञ्जर प्रोग्रामक छनोट गरी अघि बढाउन लागिपर्ने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरेअनुसार काम गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गरे । उनले मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावली बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी काम गर्न मातहतका कर्मचारीसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ५२ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली