कर्तव्य ज्यान मुद्दाका फरार ठकुरी ३० वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार ठकुरी ३० वर्षपछि पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि पक्राउ गरेको छ ।

विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात फरार रहेका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतले ठकुरीलाई २०७२ साउन २८ गते सर्वश्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो । सो मुद्दामा उच्च अदालत पोखराले २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहोर्‍याई १० वर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो ।

यस मुद्दामा पुनः सर्वोच्च अदालतको २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० वर्ष कैद सजाय सुनाएकामा तोकिएको कैद भुक्तान नगरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीसमेतको टोलीले यही मङ्सिर २२ गते बेलुकी काठमाडौँ महानगरपालिकास्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी तनहुँ लगेको थियो

पक्राउ परेका ठकुरीलाई तनहुँ जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा बाँकी कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ०७ बजे

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका