पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी | Khabarhub Khabarhub

पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।

जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घलगायत कार्यालय तथा संस्थाका प्रतिनिधिले जलपन्छी गणनाको कार्यलाई अगाडि बढाएका छन् ।

जलपन्छी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखा परेको पन्छीविज्ञ हिरुलाल डगौराले बताए ।

जनवरी ४ देखि शुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ । गणनाको कार्य जनवरी १९ तारिखसम्म जारी रहने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणनाको कार्य हुँदै आएको छ ।

“वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी जलपन्छी अनुगनको कार्य गरिरहेका छौँ”, उनले भने, “कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउँमा डुङगालगायतमा चढेर समेत अनुगमन भइरहेको छ ।”

बासस्थानमा सुधार र आहारा प्रजातिको संरक्षणमा टेवा पुगेपछि विगतका वर्षहरुको तुलनामा जलपन्छीको सङ्ख्या उत्साहजनक देखिएको उनको भनाइ छ ।

तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्था बारेमा समेत अध्ययनको कार्य भइरहेको छ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सिमसार क्षेत्र र तालतलैया, नदी जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने पन्छी विज्ञ डगौराको भनाइ छ ।

उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाई सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

गत वर्षको जलपन्छी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ जलपन्छी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चाकोर्लेर जलपन्छी चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ३० बजे

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं– नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला