शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ « Khabarhub

शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।

चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

पीडितले काठमाडौँ गएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठलगायतलाई भेटेपछि यादवलाई पक्राउ गर्न प्रहरीले माथि दबाब बढेको थियो ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा सर्लाहीका श्याम परदेशी पनि पक्राउ परेको थियो । पुर्पक्षको लागि परदेशी अहिले करागारमा रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै