डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि… « Khabarhub

डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि…


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ प्रेम अन्धो हुन्छ । अर्थात प्रेममा पर्नेहरु जुनै हदसम्म जान पनि तयार हुन्छन् । प्रेममा पर्नेहरु घरमा झुट बोलेर बाहिर भेट्ने, भागेर जाने वा अनेकौं अप्ठेराहरुको सामना गर्न पछि पर्दैनन् ।

अभिभावकलाई छलेर डेटिङमा जानेहरु पनि धेरै हुन्छन् । तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अपहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जसका कारण प्रहरी प्रशासन सहित अपराध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीका साथ डेटिङ लामो समय डेटिङमा थिइन् ।

ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अपहरण गरेको र त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपहरणमा परेको निवेदन दिए । युवती अपहरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अपहरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन ।

घटना गम्भिर भएको भन्दै प्रहरीले थप सहायता माग्यो र अपराध शाखाको टोली समेत अपहरणकारीको खोजीमा जुट्यो । प्रहरीले ति युवतीलाई अपहरणमा परेको स्थानमा पुर्याउन अनुरोध गरे ।

युवतीले पनि मनगणन्ते स्थानमा पुर्यायएर सो स्थानबाट आफू अपहरित भएको बयान दिइन् । युवतीको बयान अनुसार प्रहरीले रातभर अपहरणकारीको खोजी गरे । तर पत्ता लगाउन सकेनन् ।

अब प्रहरीलाई युवतीमाथि नै शंका भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अपहरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपहरणमा परेको झुटो कहानी सुनाएकी थिइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ५९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक