राष्ट्रियसभा चुनाव: उम्मेदवारी फिर्ता लिने समय आज « Khabarhub

राष्ट्रियसभा चुनाव: उम्मेदवारी फिर्ता लिने समय आज


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आजको लागि समय तय गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा समपर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न उम्मेदवारी फिर्ता लिन लिन चाहनेहरूलाई आयोगले आग्रह गरेको हो ।

आयोगका अनुसार राष्ट्रिय सभाका १८ सदस्यका लागि मुलुकका सात प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन्। उनीहरूको नामावली आयोगले बुधबार प्रकाशन गरेको हो ।

नेकपा, कांग्रेस, राजपा, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा आठ, प्रदेश ३ मा ६, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी दर्ता भएका छन्।

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते चुनाव गर्न लागिएको हो। एक जना सदस्य भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४९ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना