राष्ट्रियसभा चुनाव: उम्मेदवारी फिर्ता लिने समय आज « Khabarhub

राष्ट्रियसभा चुनाव: उम्मेदवारी फिर्ता लिने समय आज


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आजको लागि समय तय गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा समपर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न उम्मेदवारी फिर्ता लिन लिन चाहनेहरूलाई आयोगले आग्रह गरेको हो ।

आयोगका अनुसार राष्ट्रिय सभाका १८ सदस्यका लागि मुलुकका सात प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन्। उनीहरूको नामावली आयोगले बुधबार प्रकाशन गरेको हो ।

नेकपा, कांग्रेस, राजपा, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा आठ, प्रदेश ३ मा ६, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी दर्ता भएका छन्।

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते चुनाव गर्न लागिएको हो। एक जना सदस्य भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४९ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले