आगलागी पीडितको सहयोगार्थ सन्दीप लामिछानेको टिसर्ट मेलबर्न स्टार्सको अनलाइन अक्सनमा « Khabarhub

आगलागी पीडितको सहयोगार्थ सन्दीप लामिछानेको टिसर्ट मेलबर्न स्टार्सको अनलाइन अक्सनमा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – बिग बास लिग (बीबीएल) क्रिकेट टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि पीडितलाई सहयोग गर्न नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिसर्ट अक्सनमा राखेको छ ।

अष्ट्रेलियामा जारी बिग बास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टासले सिड्नी थन्डरविरुद्ध खेलेको थियो ।

थन्डरविरुद्धको खेलमा मैदान उत्रिएका खेलाडीहरुको टि–शर्ट च्यारिटि अक्सनमा राखिएको स्टार्सले जनाएको छ ।

अक्सनमा राखिएको टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन् । त्यस्तै टिमका सबै सदस्यले हस्ताक्षर गरेको टिसर्टपनि अक्सनमा राख्ने मेलबर्न स्टार्सले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म सन्दीपको टिसर्टमा २२ जनाले खरिद गर्न इच्छा देखाइसकेका छन् ।

बोलकबोलका क्रममा टिसर्टको मुल्य ७ सय १० डलर पुगेको छ भने जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन् ।

त्यस्तै, सन्दीप लामिछानेले जनवरी ८ मा सिड्नी थन्डरविरुद्ध मैदानमा उत्रिने क्रममा आफ्नो जुत्ताको एकातिर ‘भिजिट नेपाल २०२०’ लेखेर नेपालको प्रचार गरेका थिए ।

‘बुसफायर हिरोज’ अर्कोतिर लेखेर अष्ट्रेलियामा जारी आगलागि पीडित प्रति सहानुभुति प्रकट गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ०५ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको