घरजग्गा पास गर्दा छुट पाइने यस्तो छ व्यवस्था, पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट « Khabarhub

घरजग्गा पास गर्दा छुट पाइने यस्तो छ व्यवस्था, पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय ७ रुपैयाँ छुट दिएको छ ।

देशभर १३१ वटा मालपोत कार्यालयहरु छन् । जस मध्ये १२६ वटा मालपोत कार्यालय सन्चालनमा छ भने १०८ वटा मालपोत कार्यालयमा अनलाइन सिस्टममा काम हुने गरेको छ । ८४ वटा उक्त तथ्याङ अनलाइन सिस्टमबाट प्राप्त भएको तथ्याङ रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानाकारी दिएको छ ।

सबै मालपोत कार्यालयमा अनलाइन सिस्टम नहुँदा तथ्याङक संकलन गर्ने गारो भएको र समयमा तथ्याङक सावर्जनिक गर्ने समस्या भएको विभागका सूचना अधिकारि सञ्जिव नेपालले बताए । समयमा तथ्याङक संकलन गर्ने गारो हुँदा वार्षिक रुपमा मात्र विवरण सार्वजनिक गरिने गरिएको नेपालले बताए ।

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ अनुसार सबै प्रदेशमा घरजग्गा रजिष्ट्रेसन बापत महिला, ज्येष्ठ नागरिक, नावालकलाई २५ प्रतिशत, एकल महिला ३५ प्रतिशत, अपाङ्गता, दलित, पिछडिएको र अल्पसंख्याक, सिमान्तकृत २५ र शहिद परिवारलाई शत प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा २०७५/०७६ मा एक २ अर्ब ६ लाख ५६ हजार २ सय २९ रुपैया राजस्व छुट दिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङकले देखाएको छ ।

गत वर्ष ग्रामिण तथा शहरी भेगमा ३ लाख १९ हजार ७ सय ६ जना महिला जग्गाधनी बनेका छन् । ग्रामिण तथा शहरी भेगमा गरि १ अर्ब ९७ करोड ८३ लाख ८४ हजार २ सय ४७ रुपैयाँ राजस्व छुट पाएको विभागको तथ्याङले देखाएको छ ।

यसै गरि दलित तथा जनजातिमा ग्रामिण तथा शहरी भेगमा ९ हजार २ सय ३६ जनाले २ करोड ४५ लाख ९४ हजार ४ सय ८८ रुपैयाँ राजस्व छुट पाएका छन् ।

अपाङ्गता भएकाहरुको नाममा ग्रामिण तथा शहरी भेगमा १ सय ९४ जनाले १४ लाख २९ हजार ४ सय ४२ रुपैयाँ रांजस्व छुट पाएका छन् । सहिद परिवारमा ग्रामिण तथा शहरी भेगमा ४५ जनाले ३८ हजार ४ सय रुपैयाँ रांजस्व छुट पाएका छन् ।

अन्यमा ग्रामिण तथा शहरी भेगमा ११ हजार २ सय ९० जनाले २ करोड ६ लाख ५६ हजार २ सय २९ रुपैयाँ रांजस्व छुट पाएका भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङले देखाएको छ ।

कुन प्रदेशमा कति छुट

प्रदेश नंं.१
प्रदेश नं.१ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १८ करोड ५३ लाख ५६ हजार ५ सय ९८ रुपैयाँ र ग्रामिण क्षेत्रमा ४ करोड ९ लाख २४ हजार ७ सय १३ रुपैयाँको राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.२
प्रदेश नं.२ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १३ करोड ६० लाख १० हजार ६ सय ७६ रुपैयाँ र ग्रामिण क्षेत्रमा ३ करोड १ लाख ९५ हजार ६० रुपैयाँको राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.३
प्रदेश नंं.३ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १ अर्ब २६ करोड ६ लाख ६५ हजार ७२ रुपैयाँ र ग्रामिण क्षेत्रमा ५ करोड ७३ लाख ४० हजार ८ सय ५९ रुपैयाँको राजस्व छुट दिएको थियो ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा ६ करोड ३१ लाख ९८ हजार ७ सय ३० रुपैयाँ र ग्रामिण क्षेत्रमा ६ करोड ७३ लाख ५४ हजार ८ सय १३ रुपैयाँ राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.५
प्रदेश नंं.५ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १२ करोड ७८ लाख ४१ हजार ६ सय ७ रुपैयाँ र ग्रामिण क्षेत्रमा ४ करोड ३ लाख १४ हजार ३ सय २२ रुपैयाँ राजस्व छुट दिएको थियो ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १ करोड ५२ लाख २८ हजार १ सय २७ रुपैयाँ र ग्रामिण क्षेत्रमा ३७ लाख १२ हजार ४ सय ६७ रुपैयाँँ राजस्व छुट दिएको थियो ।

सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा ४ लाख २ हजार २ सय ६ रुपैयाँ र ग्रामिण क्षेत्रमा ८२ हजार १ सय ७५ रुपैयाँ राजस्व छुट दिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : २६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका