एम्बुलेन्स खरिद अनियमितता प्रकरण– सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

एम्बुलेन्स खरिद अनियमितता प्रकरण– सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रकरणमा भएको भनिएको ‘अनियमितता’बारे सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले बिहीबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई आफ्नो निवासमा बोलाएर एम्बुलेन्स खरिद प्रक्रियाबारे सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरी विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई वितरण गरेको थियो ।

गत कात्तिक २० गते वितरण गरिएका त्यस्ता एम्बुलेन्सहरु सञ्चालनमा ल्याएको २ महिना पनि नबित्दै काम नै नलाग्ने अवस्थामा पुगेका छन् ।

एम्बुलेन्स वितरण गरिएका स्वास्थ्य संस्थाका एम्बुलेन्स चालकहरुले सुदूरपश्चिम प्रदेश सरकारबाट वितरण गरिएका एम्बुलेन्समा ब्रेक नै नलाग्ने तथा पहाडी क्षेत्रमा चलाउनै गाह्रो हुने गरेको बताएका छन् ।

नेपालमा चलाउन नै नपाइने ट्रकहरुको बडी परिवर्तन गरेर एम्बुलेन्स बनाएर वितरण गरिएको भन्दै सुदूरपश्चिम प्रदेशका विभिन्न राजनीतिक दलले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता भएको आरोप लगाइरहेका छन् ।

सोही विषयमा मुख्यमन्त्री भट्टले मन्त्री सुवेदीसँग सोधपुछ गर्नुका साथै एम्बुलेन्स खरिद प्रकरणको सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री भट्टको निर्देशन पछि सामाजिक विकास मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी एम्बुलेन्स खरिद प्रक्रियाबारे जानकारी दिने जनाएको छ । यद्यपि पत्रकार सम्मेलन हुने समय भने तय भइसकेको छैन ।


६ करोड बढी खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक : दुर्घटना हुने डरले चलाउनै छाडियो

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ३१ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना