प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने तयारीमा नेकपा « Khabarhub

प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने तयारीमा नेकपा


२४ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश ३ को राजधानी र नामको विषयलाई लिएर विवाद बढ्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउने भएको छ ।

पार्टीको सचिवालय बैठकले राजधानी हेडौंडा र नाम बागमती रहने गरी निर्णय गर्न निर्देशन जारी गरेपछि नेकपाका प्रदेश सांसदहरु विभाजित भएका छन् ।

राजधानीका विषयमा सहमति जनाउन भन्दै नेकपाले विहीबार प्रदेश संसदीय दलको बैठक बोलाएको थियो । बिहीबार बिहान करिब साढे ९ बजेदेखि बसेको बैठकले पनि नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय गर्न नसकेपछि शुक्रबार पुनः बैठक बोलाइएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठकमा पनि सहमति नजुटे पार्टीले ह्वीप जारी गर्ने संभावना रहेको नेकपाको ३ नम्बर प्रदेशका एक सांसदले जानकारी दिए ।

बिहीबारको बैठकमा बोलेका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरुले भने पार्टीको केन्द्रीय सचिवालय कमिटीले गरेको निर्णय मान्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

यसअघि केही सांसदहरुले प्रदेशसभाको हतियार क्षेत्रमाथि हस्तक्षेप गरेर पार्टी केन्द्रले प्रदेशको राजधानी र नाम तोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ३ : ४८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको