काठमाडौंबाट २ जना गुण्डा नाइके पक्राउ « Khabarhub

काठमाडौंबाट २ जना गुण्डा नाइके पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये बाग्लुङको ढोरपाटन घर भएका देवेन्द्र बहादुर घर्तीमगरले २०६४ गुण्डा नाइके रमेश बाहुनलाई गोली हानी घाइते बनाएका थिए । देवेन्द्रले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगको मुद्दामा ४ वर्ष कैद सजाय समेत भुक्तान गरेका थिए ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ का सुजन पौडेलले २०७१ सालमा गुण्डा नाइके राधे भण्डारीका कार्यकर्ता काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । उनले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगअन्तर्गत ११ महिना जेल सजाया भुक्तान गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ०२ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने