काठमाडौंबाट २ जना गुण्डा नाइके पक्राउ « Khabarhub

काठमाडौंबाट २ जना गुण्डा नाइके पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये बाग्लुङको ढोरपाटन घर भएका देवेन्द्र बहादुर घर्तीमगरले २०६४ गुण्डा नाइके रमेश बाहुनलाई गोली हानी घाइते बनाएका थिए । देवेन्द्रले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगको मुद्दामा ४ वर्ष कैद सजाय समेत भुक्तान गरेका थिए ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ का सुजन पौडेलले २०७१ सालमा गुण्डा नाइके राधे भण्डारीका कार्यकर्ता काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । उनले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगअन्तर्गत ११ महिना जेल सजाया भुक्तान गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ०२ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले