झिनो अंकाले उकालो लाग्यो शेयर बजार « Khabarhub

झिनो अंकाले उकालो लाग्यो शेयर बजार


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबार अन्तिम दिन (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) झिनो अंकले उकालो लागेको छ ।

साताको ३ दिन बजार बढे पनि बुधबार सामान्य अङ्कले घटेको नेप्सेमा बिहीबार भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ३.५१ ले वृद्धि भई १२१३.११ विन्दुमा पुगेको हो । यस्तै, (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई २६४.२६ मा पुगेको छ ।

नेप्सेमा जस्तै सुधार कारोबार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे । बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बीमा ९५.४१, लघुवित्त ६३ र जीवन बीमा १९.१२ ले बढेको छ ।

कारोबारका आधारमा बिहीबार सिभिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर मात्रै रु २० करोड १८ लाख ८८ हजार १०० को कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्था रु दुई करोड ३६ लाख २४ हजार १८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड २४ लाख ३३ हजार ५१८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रु एक करोड ७० लाख २७ हजार ६०२, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ६८ लाख २८ हजार १०८, साना किसान विकास बैंक रु एक करोड ५८ लाख २४ हजार ३४३ र प्रभु बैंकको रु एक करोड ५४ लाख ७८ हजार १६५ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.१० प्रतिशतले कमाए ।

त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले २.१५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : १३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा