प्रदेश नम्बर १ मा ५ दशमलव २५ प्रतिशतले घट्यो धानको उत्पादन « Khabarhub

प्रदेश नम्बर १ मा ५ दशमलव २५ प्रतिशतले घट्यो धानको उत्पादन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९२५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन ५ दशमलव २५ प्रतिशतले घटेको हो ।

खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ्नुका कारण धान उत्पादन कम भएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिए । प्रदेशभरिमा धानको उत्पादकत्व ३ दशमलव ७४४ प्रतिहेक्टर हो । यस वर्षा ९३ दशमलव ९३ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ भएको थियो । प्रदेश नम्बर १ मा यस वर्ष ३ लाख २० हजार १३४ हेक्टर जग्गामा धान खेती गरिएको थियो ।

समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ । यी तीन जिल्लाको कूल उत्पादन ९ लाख ३५ हजार ३ सय ७१ मेट्रिक टन हो । उत्पादकत्व झापाको ४ दशमलव ५, मोरङको ४ दशमलव १ र सुनसरीको ४ दशमलव १  छन् । प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले बताए ।

पहाडका जिल्लाको कूल उत्पादन २ लाख ६३ हजार ३६९ मेट्रिक टन हो । उत्पादकत्व सबैभन्दा बढी झापाको ४ दशमलव ५ र सबैभन्दा कम खोटाङको १ दशमलव ७५ रहेको पाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : २३ बजे

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम