गच्छदारको गृह नगरमा मशाल जुलुस प्रदर्शन « Khabarhub

गच्छदारको गृह नगरमा मशाल जुलुस प्रदर्शन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विरोधमा सुनसरीमा प्रदर्शन गरिएको छ ।

नेता गच्छदारको गृहनगर सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् । तरुण दल सुनसरीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता, तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्थकहरुको मसाल जुलुसमा सहमागी भएका थिए ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनको तयारी थालेको बताएका छन् ।

उनले सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले लगाइएकाे मुद्दा फिर्ता नलिए वर्तमान सरकारविरुद्ध सडक संघर्षको विकल्प नहुने बताए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसैनले सुनसरी क्षेत्र नम्बर ३ बिजय गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले आन्दोलनकालागि २१ सदस्य कमिटि तयार भएकोले चाँडै नै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिए ।

नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिले समेत गच्छदारमाथि लगाइएको आरोपविरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ५६ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६