फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा « Khabarhub

फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ बर्षअघि स्थापना भएको फेसबुकले वर्षेनी अबौँ रुपैयाँ नाफा बढाउँदै लगेको छ ।

कम्तिमा दुई करोड प्रयोगकर्ता दैनिक एकै समयमा सक्रिय अवस्थामा रहँदा फेसबुकले आफ्नो मुनाफालाई ह्वात्तै बढाउन सफल भएको छ ।

फेसबुकले मूलतः दुई तरिकाले कमाई गरिरहेको खुलेको छ ।

फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट एवंम आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट फेसबुकले आम्दानी गर्दै आएको छ । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएको थियो । तर पनि फेसबुकले सन् २०१९ को अन्तिम त्रैमाशिकमा ६.८८ बिलियन डलर नाफा कमाएको छ ।

यसबाट कम्पनीको कुल मुनाफा ३० प्रतिशतले बढेर १६.६४ बिलियन डलर  पुगेको छ । यस समयमा दैनिक फेसबुक चलाउने र मासिक रुपमा फेसबुक चलाउने दुबैमा करिब ९ प्रतिशतले बढोत्तरी भएको छ ।

फेसबुकजस्ता फ्रि वेबसाइटहरुले प्रयोगकर्तालाई फ्रिमा प्रयोग गर्न दिएर डाटालाई संकलन गर्दछन र त्यसैको आधारमा विज्ञापनहरु प्रसारण गरेर पैसा कमाउँने गरेको खुलेको हो ।यस आधारमा प्रयोगकर्ताको फेसबुक एकाउन्टको मूल्य समेत निकालिएको छ ।

विज्ञहरुले उदाहरण दिदै यसबारे अझ प्रष्ट पारेका छन ।यदी कसैको फेसबुक डाटाको पुरा फाइल ९४० एमबीको छ । त्यसमा गएको तीन वर्षदेखि प्रयोगकर्ताले फेसबुक चलाउँदै आएको छ भने यस फाइलमा प्रयोगकर्ताको पूरा जानकारी रहेको हुन्छ ।

जस्तो प्रयोगकर्ताले हालसम्म फेसकबुकमा के शेयर गर्‍यो, त्यसमा पर्सनल वा अन्य पोस्टहरु, फोटोहरु, साथीहरुसँग गरेको च्याटहरु रहेका हुन्छन् ।

यसबाहेक ती इभेन्टहरु पनि रहेका हुन्छन जसमा प्रयोगकर्ताको उपस्थिति रहेको हुन्छ । जस्तो कहिले कलेज ज्वाईन गर्नुभयो, कति वर्ष समयसम्म रिलेशनसिपमा रहको, तपाईँले कहिले कुन लिङ्क वा विज्ञापनमा क्लिक गरेको आदी ।

यी सबै जानकारी फेसबुकसँग रहेको हुन्छ जसलाई फेसबुकले बिश्लेषण गरेर प्रयोगकर्ताको बारेमा केहि अनुमान पनि बनाएर राख्ने गर्दछ ।

यावत आधारमा फेसबुकले विज्ञापनदातालाई ती डाटालाई बेच्दछ । यस्तो प्रोफाइलमा विश्वका अन्य फेसबुक प्रोफाइलको तुलनामा अमेरिकी फेसबुक प्रोफाइल पाँच गुणा महङ्गो रहेको पाइएको छ ।

युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २ सय डलर अर्थात नेपाली करिब २३ हजार रुपैयाँ हुन आउँछ ।

त्यस्तै विश्वका अन्य युजरहरुको डाटा करिव ४ हजार ५०० रुपैयाँ हुन आउँदछ । यस आधारमा पाली फेसबुक प्रयोगकर्ताको एकाउन्टको मुल्य औषतमा करिव ४ हजार ५ सय रुपैयाँको रहेको मान्न सकिन्छ । नेपालमा करिब ९१ लाख यूजर फेसबुकमा रहेको अनुमान छ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ५४ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन