कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो « Khabarhub

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन ।

चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय १३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।

यो संख्या सन् २००३ मा फैलिएको सार्सको महामारीमा मृत्यु हुनेको संख्या भन्दा बढी हो । सार्सका कारण सन् २००३ मा ७ सय ७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।

वुहानमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २ दर्जन भन्दा बढी मुलुकमा देखिएको छ।

कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले  कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ३० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६