समायोजनले स्वास्थ्य संस्था खाली, करारमा काम चलाइँदै « Khabarhub

समायोजनले स्वास्थ्य संस्था खाली, करारमा काम चलाइँदै


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ ।

एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए ।

सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए ।

‘लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौं’, उनले भने ।

जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन् । पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन् ।

जुम्लादेखि ताप्लेजुङसम्म

शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए । झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म पुगे ।

उनीसहित ९४ जना परीक्षामा सामेल भएका थिए । ‘जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ’, उनले भने ।

परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ४६ बजे

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको