ललिता निवास प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन देखियो : प्रभु साह « Khabarhub

ललिता निवास प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन देखियो : प्रभु साह


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले “सानालाई ऐन ठूलालाई चैन” भनाइ ललिता निवास प्रकरणमा पुष्टि भएको टिप्पणी गरेका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल तथा डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने कार्य ठूला पदमा बस्नेलाई कानून नलाग्ने अवस्थाको पुष्टि गरेको प्रतिक्रिया जनाएका हुन् ।

आइतबार फेसबूकमार्फत वक्तव्य सार्वजनिक गर्दै नेता साहले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने मन्त्रीलाई दोषी देखाएर मुद्दा चलाउने तथा उक्त प्रस्तावलाई निर्णयको रुप दिने प्रधानमन्त्रीलाई निर्दोष ठहर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदम पनि हास्यास्पद रहेको बताएका हुन् ।

नेता साहले भनेका छन्, “कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ । तर ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?”

“यदि संविधान र कानून यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानून लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो । ‘सानालाई ऐन, ठूलालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन । तसर्थ यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।” नेता साहको स्टाटसमा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ४० बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई