नेपालले गुमायो महत्वपूर्ण विकेट, कप्तान मल्ल ५६ रनमा आउट « Khabarhub

नेपालले गुमायो महत्वपूर्ण विकेट, कप्तान मल्ल ५६ रनमा आउट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले  महत्वपूर्ण चौथो विकेट पनि गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

कप्तान मल्ललाई ओमानका बलर आकिब आलियासले महोम्मद नादिमको हातबाट क्याच आउट गराए । कप्तान मल्लले ६ वटा चौका तथा १ वटा छक्का प्रहार गर्दै नेपालका लागि ५६ रनको योगदान दिए ।

पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का प्रहार गर्दै ३८ रन बनाए । उपकत्पान ऐरी भने शुन्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले २९.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ३७ रनको मध्यम स्कोर खडा गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ४२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित