विकेन्डमा विराजको ‘साङ्लो’ हेर्न उर्लिए दर्शक « Khabarhub

विकेन्डमा विराजको ‘साङ्लो’ हेर्न उर्लिए दर्शक


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयपछि नेपाली फिल्म उद्योगमा कमब्याक गरेका विराज भट्टलाई दर्शकले साथ दिएका छन् । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ हेर्न दर्शकको बाक्लो उपस्थिति देखियो । शनिवार राजधानीका कतिपय हल हाउसफूल भए ।

सिङ्गल थिएटरमा दर्शकको साथ रहे पनि विराजको ‘साङ्लो’ ले मल्टिप्लेक्समा पनि दर्शकको साथ पायो । फिल्मका वितरक गोपाल कायस्थका अनुसार फिल्मले शुक्रवार र शनिवार दर्शकको उल्लेख्य साथ पायो । उनका अनुसार मल्टिप्लेक्स हलमा पनि दर्शकले भरिएका थिए ।

‘शनिवार दर्शकको साथ उल्लेख्यजनक थियो,’ वितरक कायस्थले भने ।

उनको दाबीअनुसार शुक्रवार ५५ प्रतिशत अकुपेन्सी रहँदा शनिवार ८० प्रतिशत बढी दर्शकको सहभागिता थियो ।

फिल्मले मोफसलका सिङ्गल थिएटर हलमा पनि दर्शकको साथ पाएको छ । मोफसल बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीले फिल्मले सकारात्मक व्यापार गरेको जनाएको छ ।

लामो समयदेखि हलमा फिल्मले दर्शकको साथ पाएका थिएनन् । विराजको फिल्मले सिङ्गल थिएटरमा सम्भावना देखाएको छ ।

यस्तै फिल्म निर्माण टिम शनिवार दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलमा पुगेको थियो । अभिनेता तथा निर्देशक विराज भट्ट, निकिता चाण्डक, वितरक गोपाल कायस्थ लगायत राजधानीका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए ।

अभिनेता विराज भट्ट र नायिका निकिता चाण्डक यो फिल्मबाट पाएको दर्शकको मायाले खुशी देखिन्थे । विराजले आफ्ना प्रशंसकबाट तारिफ पाएका थिए । फिल्ममा देखाइएको एक्सन पक्ष मन परेको दर्शकको प्रतिक्रिया थियो ।

यो फिल्ममा विराज भट्टको लगानी समेत रहेको छ । यस्तै फिल्ममा विराज र निकिता शीर्ष भूमिकामा छन् भने जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

फिल्मले सिङ्गल थिएटरमा राम्रो व्यापार गरे पनि मल्टिप्लेक्स हलमा भने धेरै शो पाउन सकेको छैन ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : १८ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार