अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् ।

अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी सैनिकलाई लक्षित गरी आक्रमण गरेका थिए ।

आक्रमणकारीले अत्याधुनिक मेसिनगनले अमेरिकी सैनिकलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ६ अमेरिकी सैनिक घाइते समेत भएका छन् ।

आक्रमणमा कारवाहीमा केही अफगान सैनिकको हताहती भएको भनिएपनि यसबारे स्पष्ट विवरण सार्वजनिक हुन सकेको छैन ।

अमेरिकी सञ्चारमाध्यमले घटनालाई ‘आन्तरिक आक्रमण’ को संज्ञा दिएपनि सुरक्षा अधिकारीले आक्रमणको उद्देश्य तथा कारणबारे जानकारी संकलन तथा विश्लेषण गर्ने काम भइरहेकाले यसबारे तत्काल स्पष्ट नभइसकेको जनाएका छन् ।

कारवाहीका क्रममा आक्रमणकारीको समेत मृत्यु भएको अफगान अधिकारीले जनाएका छन् । संदिग्ध इस्लामवादी लडाकुले अफगान सुरक्षा फौजमा घुसपैठ गरी आक्रमण गरेको हुनसक्ने अनुमान गरिएपनि कुन समूहले आक्रमण गराएको भन्नेबारे केही खुल्न सकेको छैन ।

अफगानिस्तानमा अफगान सुरक्षा बलका सदस्यले अमेरिकी सैनिकलाई लक्षित गरी घातक आक्रमण गर्दै आएपनि पछिल्ला वर्षहरुमा यस्तो आक्रमणमा निकै कमी आएको बताइन्छ ।

यस आक्रमणको जिम्मा तत्काल कुनै समूहले लिइसकेको छैन ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ४२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका