गच्छदारको बचाउमा कांग्रेसद्वारा तेस्रो पटक पनि संसद अवरुद्ध « Khabarhub

गच्छदारको बचाउमा कांग्रेसद्वारा तेस्रो पटक पनि संसद अवरुद्ध


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ ।

आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि नेपाली कांग्रेसले लागतार संसद वैठक अवरुद्ध पार्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसयता कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो । शुक्रबार स्थगित भएपछि आइतबार बोलाइएको बैठकमा पनि कांग्रेसले अवरोध सिर्जना गरेको छ ।

आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्गि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पूर्वउपप्रधान तथा मन्त्री गच्छदारविरुद्ध अख्तियारले ९ करोड बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कांग्रेसले भने पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ५७ बजे

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ