नेप्से दोहोरो अंकले घट्यो « Khabarhub

नेप्से दोहोरो अंकले घट्यो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ ।

दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय १ अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

आइतबारको बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको