एनआरटीलाई पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लियो « Khabarhub

एनआरटीलाई पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लियो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा माथि उक्लिएको हो ।

मनाङका लागि अन्जन बिष्टले दुई गोल गरे भने विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा रानाको गोलमा अग्रता बनाएको मनाङका लागि ४३ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै पहिलो हाफमा मनाङले २–० गोल अन्तरको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा एनआरटीमाथि हावी भएको मनाङका लागि खेलको ६५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

३–० ले पछि परेको एनआरटीका लागि सकल रेग्मीले खेलको ८५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा पुर्याएका थिए । ३–१ गोलमा रहेको खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै टिमलाई ४–१ गोलको जीत दिलाएका थिए ।

जीतसँगै मनाङले लिगमा ६ जीतसहित २२ अंक जोडेको छ भने एनआरटी १५ अंकसहित आठौं स्थानमा यथावत रहेको छ ।

लिगको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लबको २६ अंक छ भने दोस्रो स्थानको मछिन्द्र क्लबको २५ अंक रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका