राजकुमार हिरानीका फ्यान हुन् ‘लभ डायरिज’ का निर्देशक « Khabarhub

राजकुमार हिरानीका फ्यान हुन् ‘लभ डायरिज’ का निर्देशक


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरी आफू राजकुमार हिरानीको फ्यान भएको बताउँछन् ।

उनले पहिलोपटक फिल्म हलमा पुगेर हिरानीकै फिल्म ‘थ्री इडियट्स’ हेरेको पनि बताए । उनले भने, ‘मैले पहिलोपटक हलमा फिल्म हेर्दा रिङ्गटा नै लागेको थियो, त्यो फिल्म हेरेपछि मलाई फिल्म मेकिङप्रति पनि चासो लाग्न थाल्यो,’ उनले भने ।

‘लभ डायरिज’ निर्देशन गरेका चौधरीले यो फिल्म उत्कृष्ट बनेको दाबी गरे । उनले भने, ‘फिल्म राम्रो बनेको छ, यो फिल्म हेरेपछि मलाई लाग्यो, अर्को प्रोजेक्ट योभन्दा राम्रो कसरी बनाउन सकिएला ?’

उनले आफूलाई प्रेमकथामा आधारित फिल्म बनाउन सहज लाग्ने पनि बताए । उनका अनुसार हरेक मान्छेमा प्रेमको कथा हुन्छ । त्यसैले यो विधा अरु विधाभन्दा सहज पनि हुन्छ ।

चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरिज’ मा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमालको शीर्ष भूमिका छ । पूर्णतः प्रेमकथामा आधारित यो फिल्मले टिजर र ट्रेलरबाट औसत प्रतिक्रिया पाएको छ ।

फिल्म युनिटले सार्वजनिक गरेका गीतबाट पनि औसत प्रतिक्रिया पाएको छ । तयार भएर लामो समय रिलिज नै हुन नसकेको यो फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।

फिल्ममा मधु बाँस्तोलाको कथा छ भने सञ्जय लामाको डीओपी छ । फिल्मले दर्शकको साथ पाउनेमा फिल्म युनिट विश्वस्त छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : २७ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन