समृद्धिको मूल आधार नै संघीयताः मुख्यमन्त्री राई « Khabarhub

समृद्धिको मूल आधार नै संघीयताः मुख्यमन्त्री राई


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै संघीयता भएको बताएका छन् ।

इलाममा आइतबारदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उनले नाटक पनि संघीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताए ।

विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै उनले कला र सङ्गीतको पनि उत्तिकै विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।

“गीत, सङ्गीत, पहिचान र कलालाई समृद्धिको मूल आधार बनाउनुपर्छ”,मुख्यमन्त्री राईले भने ।

महोत्सव आगामी फागुन १ गतेसम्म  सञ्चालन हुनेछ । सातवटै प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका नाटक महोत्सवमा प्रस्तुत गरिनेछन् ।

महोत्वमा सातै प्रदेशका एक-एक मौलिक नाटक मञ्चन गरिने र प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत गरिनेछ ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव शुरु गरिएको हो ।

संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनोट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्नेछ ।

प्रदेश नं १ बाट ‘सुम्निमा–पारुहाङ’, प्रदेश नं २ बाट ‘कनन हरलता’, वाग्मती प्रदेशबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकी प्रदेशबाट ‘नमबुद्ध’, प्रदेश नं ५ बाट ‘कुजरी’ कर्णाली प्रदेशबाट ‘छैँटी’ र सुदूरपश्चिम प्रदेशबाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछन् ।

आयोजकका तर्फबाट ‘थान’ नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ०६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु