समृद्धिको मूल आधार नै संघीयताः मुख्यमन्त्री राई « Khabarhub

समृद्धिको मूल आधार नै संघीयताः मुख्यमन्त्री राई


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै संघीयता भएको बताएका छन् ।

इलाममा आइतबारदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उनले नाटक पनि संघीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताए ।

विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै उनले कला र सङ्गीतको पनि उत्तिकै विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।

“गीत, सङ्गीत, पहिचान र कलालाई समृद्धिको मूल आधार बनाउनुपर्छ”,मुख्यमन्त्री राईले भने ।

महोत्सव आगामी फागुन १ गतेसम्म  सञ्चालन हुनेछ । सातवटै प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका नाटक महोत्सवमा प्रस्तुत गरिनेछन् ।

महोत्वमा सातै प्रदेशका एक-एक मौलिक नाटक मञ्चन गरिने र प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत गरिनेछ ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव शुरु गरिएको हो ।

संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनोट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्नेछ ।

प्रदेश नं १ बाट ‘सुम्निमा–पारुहाङ’, प्रदेश नं २ बाट ‘कनन हरलता’, वाग्मती प्रदेशबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकी प्रदेशबाट ‘नमबुद्ध’, प्रदेश नं ५ बाट ‘कुजरी’ कर्णाली प्रदेशबाट ‘छैँटी’ र सुदूरपश्चिम प्रदेशबाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछन् ।

आयोजकका तर्फबाट ‘थान’ नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ०६ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं