चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्ने निर्णयप्रति स्थानीय नेताहरुको आपत्ति | Khabarhub Khabarhub

चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्ने निर्णयप्रति स्थानीय नेताहरुको आपत्ति


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् ।

उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन् ।

यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताए । सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेपछि उनले यस्तो धारणा राखेका हुन् ।

विजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल फर्काउने र तिनीहरुलाई काठमाडौँका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनु भन्दा चीनमै राख्नु उनीहरुका लागि सुरक्षित रहेको बताए ।

चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइए त्यसले काठमाडौँमा महामारीको रूप लिनसक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उनले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताए ।

कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उनले चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताए ।

सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभई उपत्यकामै राख्ने निर्णय गलत रहेको बताए ।

नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले चीनको वुहानबाट फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न नहुने बताउँदै बस्तीको बीचमा राख्दा यसले ठूलो जोखिम निम्त्याउने बताए । उनले चीनबाट फर्काइएका नेपालीमा नेपाल आइपुग्दा सङ्क्रमण भएको पाइए त्यसले सङ्कट निम्त्याउने भन्दै अहिलेसम्म केही नबिग्रिएकाले मानवबस्तीमा राख्ने तयारीलाई रोक्नुपर्ने बताए ।

यता नेपाली काँग्रेसले विज्ञप्ति निकालेरै त्यसको विरोध गरेको छ । नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले कोरोना भाइरसलाई अहिलेसम्म गम्भीररूपमा नलिएको बताउँदै सङ्क्रमण भए उपचार कसरी गर्ने भन्नेसमेत तयारी नगरेको बताए ।

नेपाललाई सङ्क्रमणबाट कसरी जोगाउने भन्नेमा सरकार गम्भीर नभएको बताउँदै उनले भक्तपुरको मानवबस्ती बीचमा जटिल रूप लिने भाइरसको जोखिम भएका व्यक्तिलाई ल्याएर राख्ने सरकारको निर्णय सच्याउन माग गरे ।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय बासिन्दाको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै यहाँका जनताले जोखिम नसहने र यसबाट आइपर्ने कुनै पनि घटनाको जिम्मेवार सरकार हुने बताए ।

उनले पनि भक्तपुरमा मात्रै नभई मानवबस्तीको बीचमा चीनबाट फर्कने नेपालीलाई राख्न नहुने जनताको आवाजलाई सरकारले सुन्नैपर्ने बताए ।

स्थानीय जनताले आज पनि त्यस क्षेत्रमा सरकारको निर्णयको विरोध गरेका छन् भने स्थानीय बासिन्दा त्रासमा बसेका छन् । चाँगुनारायण नगरपालिकाले यसअघि नै नगरसभाबाटै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ०३ बजे

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार