‘मिटर ब्याजी’ आरोपी रामबाबुको बयान शुरु  « Khabarhub

‘मिटर ब्याजी’ आरोपी रामबाबुको बयान शुरु 


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रहरी हिरासतमा रहेका ‘मिटरब्याजी’ आरोपी बरहथवाका रामबाबु राय यादवसँग जिल्ला अदालत सर्लाहीले बयान लिन शुरु गरेको छ ।

गत शुक्रबार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धीको कसुरमा अभियोग पत्र दर्ता भएपछि यादवसँग अदालतले आजबाट बयान लिन थालेको हो ।

आइतबार पहिलो दिन बयान नसकिएपछि यादवलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको छ ।

ऋण दिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको तथा ऋणीले धितो राखेको जग्गा तेस्रो पक्षलाई बिक्री गरेको गुनासो आएपछि प्रहरीले गत पुस २३ गते यादवलाई पक्राउ गरेको थियो ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन शुरु गरिएको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । उनका अनुसार भोलि बयान सकेर भोलिबाटै थुकछेक बहस शुरु हुनेछ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन शुरु गरिएको श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । सम्भवतः भोलि बयान सकेर भोलिबाटै थुकछेक बहस शुरु हुने उनले जानकारी दिए।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २४ बजे

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज