नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो | Khabarhub Khabarhub

नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छन्।

उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए । झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२० मा घुम्न आउन छिमेकी देशका पर्यटकलाई निम्तो गरे ।

उनले प्रदेश नं. १ हिमचुचुरा, अलैँची, चिया, लालीगुराँस, अर्ना र चराहरुको राजधानी भएको चर्चा गर्दै प्रदेशको मूलढोकामा आयोजित महोत्सवले नेपालमा पाहुनाहरुलाई स्वागत छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

उनले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना हुने महोत्सवहरुलाई देखावटी नबनाउन र पर्यटन प्रवद्र्धनमा सघाउने गरी लक्ष्य केन्द्रित तुल्याउन सुझावसमेत दिए ।

मुख्यमन्त्री राईले देवकोटा पार्कमा रिबन काटेर महोत्सवको उद्घाटन गरेको थियो भने बाहुनडाँगीरोडमा विद्यार्थीहरुसँगै भित्तामा चित्र कोरेको थियो । उनले प्रदर्शनी कक्षहरुको अवलोकनसमेत गरे ।

झापाको मेचीनगरमा सन् २०१२ देखि एशियाली ग्रामीण पर्यटन महोत्सवको आयोजना हुँदै आएको र यसपटक ५० हजार पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताए।

महोत्सवको उद्घाटन समारोहमा बेलायतको फोक्सटन सिटीबाट आउनुभएकी मेयर जेकी माइड, बेलायतका पूर्वकाउन्सिलर धनकिरण गुरुङ, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, भारतका प्रख्यात पर्यटन अभियन्ता राज बसुलगायतको उपस्थिति थियो ।

महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बद्ध विभिन्न संस्थाका ६० वटा प्रदर्शनी कक्ष छन् । जसमा १० वटा भारतको र केही कक्ष भूटानको रहेको महोत्सवका प्रवक्ता नवराज प्रधानले जानकारी दिए। महोत्सव फागुन १ गते समापन हुने उनले बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ३५ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको