उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने | Khabarhub Khabarhub

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए। ‘प्रविधिमार्फत ट्राफिक जनचेतना अभिवृद्धि कार्यलाई व्यापक बनाउँछौँ’, उनले भने ।

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ ।

सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री गर्ने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख ढकालले तेस्रो चरणको युवा स्वयम्सेवक परिचालन कार्यक्रम व्यापक बनाउँदै लैजाने बताए।

विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क बनाउनका लागि पहल गर्ने उनको भनाइ थियो । उनले रुट अनुमति वितरण प्रणालीमा सुधार र व्यवस्थापनको लागि समन्वय र अध्ययन गर्नुका साथै ज्येष्ठ नागरीकलाई सार्वजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एवं पहल गरिने उल्लेख गरे ।

महाशाखाले ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरी पूरा गरिनेसमेत बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ५५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १