अमेरिकी राजदूत बेरीले भनेः एमसीसीको संशोधित सम्झौता अमेरिकालाई मान्य हुँदैन | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले भनेः एमसीसीको संशोधित सम्झौता अमेरिकालाई मान्य हुँदैन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन् ।

राजदूत बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा सम्झौता संशोधन गरी पारित भए अमेरिकाका लागि मान्य नहुने बताए ।

सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसीका विषयमा अध्ययन कार्यदल गठन गरेको छ ।

नेकपाका नेता भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानबारे अध्ययन गरिरहेको छ । कार्यदलले तथ्यका आधारमा सत्य पत्ता लगाउने जानकारी दिँदै यस विषयमा गृहकार्य जारी राखेको छ ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : २८ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु